कीवर्डहरू -

चेतावनी बिनानै पिक्सेल ३ फोन बन्द भइरहेको प्रयोगकर्ताको गुनासो 

चेतावनी बिनानै पिक्सेल ३ फोन बन्द भइरहेको प्रयोगकर्ताको गुनासो 

पिक्सेल ३ का प्रयोगकर्ताहरुले चेतावनी बिनानै आफ्नो फोन बन्द भईरहेको गुनासो गरेका छन् । यसले फोनलाई काम नलाग्दो बनाएको प्रयोगकर्ताको भनाइ छ । फोनले केही जानकारी नदिएर कुनै पनि प्रतिक्रिया नदिने समस्या देखापरेको छ ।

यो कुरा प्रयोगकर्ताले गूगलका डिभाइसहरु क्वालकमको इमरजेन्सी डाउनलोड मोडमा गईरहेको पाइएको छ जसलाई अर सामान्य प्रक्रियाले रिकभर गर्न सकिदैन् । फोन यो मोडमा गएपछि प्रयोगकर्ता बुटलोडरसम्म पुग्न सक्दैनन् ।

पिक्सेल ४ मा यस्तै समस्या आउँदा गूगलले वारेन्टी बढाएको थियो र यो पाली पनि त्यस्तै गर्नेछ भनेर अनुमान लगाइएको छ । यो समस्या कुन कारणले भईरहेको छ भनेर अहिलेसम्म पनि कम्पनीले थाहा पाएको  छैन् ।