कीवर्डहरू -

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा 

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुबिधा सहित आएको  साथीमार्टले काठमाडौको केन्द्र मैतिदेवीमा ७६ औँ आउटलेट सन्चालनमा ल्याएको छ ।

सुरु भएको एक बर्ष नपुग्दै मेची देखि महाकालीसम्म फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल)मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाब पर्ने पोख्रेलको अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइटमा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप बिषेशता रहने छन् ।

साथीमार्टका आफ्नै उत्पादन पनि बिशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोख्रेलले जानकारी दिए ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध छन् ।

त्यसका साथै यस अर्थीक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा  आउटलेट खोलिने पोख्रेलले बताए ।

एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजरौ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।