कीवर्डहरू -

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न

ओपो ह्याक २०२१ सम्पन्न भएको छ । जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्यमी तथा प्राविधि प्रेमीहरु माझ निकै रुचाइएको थियो ।

ईभेन्टमा सहभागिताका लागि चीन, हंगकंग, यूनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, यूनाइटेड किंगदम, भारत लगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरु प्राप्त भएका थिए ।

५०० भन्दा बढी व्यक्ति तथा टोलीहरु ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए । ती मध्य उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट गरिएको थियो ।

प्रतियोगीहरुलाई सिडिंग ग्रुप र ग्रोईंग ग्रुपका रुपमा तिनका कम्पनीको स्थिती अनुसार विभाजन गरिएको थियो । दूई प्रतिस्पर्धी समूह मध्यबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको थियो ।