कीवर्डहरू -

एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध

एन्ड्रोईड १२ बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध

एन्ड्रोईड १२ बेटा अब प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ । यो भनेको प्रयोगकर्ताहरुका लागि आधिकारिक रुपमा सार्वजनिक हुनु भन्दा पहिलेनै प्रयोग गर्ने मौका हो । गूगलले पिक्सेल फोन र अरु थर्ड पार्टी डिभाइसका लागि पाँचौ तथा अन्तिम बेटा सार्वजनिक भएको छ ।

केही हप्ता पछि एन्ड्रोईड १२ को सफ्टवेयर पूर्ण रुपमा सार्वजनिक हुने छ । बेटा पाँचको परफर्मेन्समा निकै सुधार गरिएको छ तर यो बेटा ४ भन्दा खासै फरक पनि हुँदैन् । एन्ड्रोईड १२ सुरुमा पिक्सेल फोनलेनै पाउनेछन् ।

अरु फोनहरुमा सार्वजनिक भएको केही महिना पछि विस्तारै उपलब्ध हुनेछ । एन्ड्रोईड १२ मा प्राईभेसी फिचरहरु एकदमै बढाइएको छ र प्राईभेसी ड्यासबोर्ड पनि राखिएको छ । त्यस्तै क्यामेरा र माईक्रोफोनमा पनि सुधार गरिएको छ ।