कीवर्डहरू -

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

करौडौँ डलर चोर्ने एक जना अमेरिकी क्यानेडियनलाई ११ वर्ष जेल सजाय

एक जना अमेरिकी क्यानेडियनले अनैतिक रुपमा करौडौँ डलर धनराशि चारेकोमा ११ वर्ष जेल सजाय दिएको छ । त्यो पैसामा उत्तर कोरियको ह्याकिङ समूहले बैंकबाट चोरेको रकम पनि रहेको छ ।

अमेरिकी क्यानेडियन नागरिक घालेभ अलाउमारीले उनी माथि लगाएको आरोप स्वीकारेका छन् । उनले पैसाको सम्पत्ति शुद्धिकरण धेरै चोटि गरेका थिए र पहिलो पटकमा उनले क्यानेडको एक विश्वविद्यालयलाई ईमेल पठाएर झुक्कयाएका थिए ।

त्यो ईमेल निर्माण कम्पनीबाट भएजस्तो देखिएको थियो र ९.४ मिलियन डलरको माग राखेको थियो । त्यसपछि पनि उनले अरु वित्तिय संस्थाहरुबाट पैसा लिइरहे । उनले टेक्ससमा आफ्नो मान्छेहरुलाई धनी बैंकर बनाएर पठाउथे र जानकारी लिन लगाउने गर्दथे जसलाई प्रयोग गरेर अकाउन्टहरुबाट हजारौँ डलर चोर्ने गर्दथे ।

त्यसपछि उनले साइबर आक्रमणकर्ता र ठग्ने मान्छेहरुबाट पनि पैसा चोर्न थाले जसमा एउटा उत्तर कोरियको ह्याकिङ समूहको रहेको थियो ।

उनले भारत, पाकिस्तान, अमेरिकाको कम्पनी र बेलायतमा गरिएको आक्रमणकारीहरुबाट पनि पैसा चोरेको पाइएको छ । ११ वर्ष जेल सजायसँगै उनलाई ३० मिलियन डलर पनि जरिवाताको रुपमा तिर्न निर्देशन दिइएको छ ।