कीवर्डहरू -

६ जीबी र्‍यामसहित पोको एमथ्री प्रो फाइभजीको नयाँ भेरियन्ट नेपालमा, कति होला मूल्य ? 

६ जीबी र्‍यामसहित पोको एमथ्री प्रो फाइभजीको नयाँ भेरियन्ट नेपालमा, कति होला मूल्य ? 

नेपालमा पोको एमथ्री प्रो फाइभजी स्मार्टफोनको नयाँ भेरियन्टमा नेपालमा सार्वजनिक भएको छ । पोकोले ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको फोन नेपालमा उपलब्ध गराएको हो । यसअघि ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको फोन बजारमा उपलब्ध भइसकेको छ ।

९० हर्ज रिफ्रेस रेटसहित पोको एमथ्री प्रोमा ६.५ इन्च फुल एचडी प्लस डट डिस्प्ले रहेको छ । यसमा मिडियाको टेकको डायमेन्सिटी ७०० फाइभजी प्रोसेसर राखिएको छ ।

नेपालमा उपलब्ध पोको एमथ्री प्रोमा ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको छ । यसमा एन्ड्रोइड ११ मा आधारित एमआई युआई १२ सफ्टवेयर उपलब्ध छ ।

फोनमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा छन् । त्यस्तै सेल्फीका लागि एमथ्री प्रोमा ८ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

यसमा साइड फिंगरप्रिन्ट र फेस अनलकको सुविधा रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ । जसले १८ वाट फास्ट चार्ज सपोर्ट गर्छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम भएको पोको एमथ्री प्रोको मूल्य २३ हजार ९९९ रूपैयाँ राखिएको छ भने ६ जीबी र्‍याम रहेको फोनको मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।