विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ ।
नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना छ । निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने देखिने कम्पनीले जनाएको छ ।
नेपाल सरकारको अग्रगामी चिन्तनको निति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ । निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ ईभी निसान कार प्रारंभिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैया उपलब्ध गराएको छ ।
निसान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पुर्याई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजन सँग गर्न सकिन्छ ।
निसान इण्डिया अप्रेशनका अध्यक्ष सिनान ओजकोकले निशानको उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको बताए ।
त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको उनले जानकारी दिए ।
शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ ।
यो ७.९ सेकेण्डमा १०० कि. मि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० कि.मि प्रतिघण्टा छ । यसको संचालन खर्च पनि कम भएको कम्पनीले जनाएको छ ।
निसानको साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायरले समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी रहेको र दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेको बताए ।
निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् ।
आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
निसान मोटर इण्डिया जापानको निसान मोटर कंपनीको शतप्रतिशत सहायक कंपनी हो । यो कंपनीको स्थापना २००५ मा भएको हो । यसको ह्याचव्याक, एमयूभी, एसयूभी र सेडान जस्ता सवारी साधन भारतमा बनाएको छ ।
यसले रिनोल्टसंग विश्वव्यापी रुपमा साझेदारी गरेको छ । भारतको चेन्नाई नजिक यसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ । निसान र ड्याट्शन यसका दुई ब्राण्ड हुन् ।