कीवर्डहरू -

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप

वुमन इन इन्फर्मेसन टेक्नोलोजीको ग्राफिक डिजाइन प्रतियोगितामा आवेदन दिने समय थप

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘प्रोमोटिङ ग्लर्स इन आईसिटी’ विषयमा आयोजना गरेको ग्राफिक डिजाइन प्रतियोगिताको समय थप भएको छ ।

यसअघि भदौ २३ गतेसम्म आवेदन दिने समय रहेपनि त्यसलाई बढाउँदै असोज २ गतेसम्म पुर्‍याइएको हो । यसमा २२ वर्षसम्मका छात्राहरुले सहभागी हुन पाउनेछन् ।

यसका लागि सहभागीहरुले विद्यार्थी परिचयपत्र वा नागरिताको प्रतिलिपी बुझाउनुपर्ने हुन्छ । ग्राफिक डिजाइनहरु आगामी ८ सेप्टेम्बरसम्म पठाइसक्नुपर्छ ।

डिजाइनको एसपेक्ट रेसियो ६४० X ४८० पिक्सेलको हुनुपर्छ र रिजोल्युसन ३०० रेस/ डिपिआईको हुनुपर्ने आयोजकले जनाएको छ । फाइल साइज ८ एमबी भन्दा कम साइजको हुनुपर्नेछ । विजेताले प्रमाणपत्र र विभिन्न नगद पुरस्कार पनि पाउनेछन् ।

यस प्रतियोगितामा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगितामा रजिस्ट्रेसन गर्न यहाँ क्लिक गर्नुहोस् । कार्यक्रम बारे थप जानकारी यहाँ क्लिक गरेर लिन सकिन्छ ।