कीवर्डहरू -

स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड

स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कृष्ट डिजिटल बैंकको अवार्ड

स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडले बेस्ट डिजिटल बैंकको अवार्ड पाएको छ । बेलायतको म्यागजिन ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि बैंकिङ विधामा स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई उत्कष्ट डिजिटल बैंकको अवार्ड दिएको हो ।

ग्लोबल बिजनेस आउटलुकले हरेक वर्ष विभिन्न विधाको अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष बेस्ट टेलिकम्युनिकेसन ब्राण्ड अवार्ड नेपाल टेलिकम र सबैभन्दा सामाजिक उत्तरदायी टेलिकम कम्पनी अवार्ड एनसेलले पाएका छन् ।

सन् १९८९ देखि स्ट्याण्डर्ड चार्टड बैंकले नेपालमा सेवा दिदै आएको छ । बैंकमा स्ट्याण्डर्ड चार्टड ग्रुपको शेयर ७०.२१ प्रतिशत र नेपाली जनताको २९.७९ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टड बैंकमा अनलाइनबाटै खाता खोल्न सकिन्छ । भने नागरिक एपबाट क्युआ कोड स्क्यान गरेर समेत खाता खोल्न सकिन्छ । बैंकले देशका विभिन्न ठाउँमा शाखा कार्यालय र एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।