कीवर्डहरू -

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने

गूगलले सन् २०३० सम्ममा आफूले खपत गरेको १२० प्रतिशत पानीलाई पुनः प्रयोग गर्ने बताएको छ । डेटा सेन्टर र अफिसमा प्रयोग गरिएको पानीलाई गूगलले भरपाई गर्ने भएको हो । आफ्नो सर्भर फार्महरुलाई पनि चिसो बनाउन गूगलले ताजा पानीको विकल्प खोजेर प्रयोग गर्ने पनि प्रतिबद्धता जनाएको छ ।

र्जोजियामा कम्पनीले पहिले देखिनै फोहोर पानी रिसाईकल गरेर प्रयोग गर्ने गरेको दावी गरेको छ । कम्पनीले फोहोर पानी र समुद्रको पानीको प्रयोगमा विशेष ध्यान दिनेछ । वर्षाको पानीलाई शौचालयमा फल्स गर्न र सिँचाई गर्नलाई प्रयोग गर्नेछ ।

कम्पनीले आफूले प्रयोग गरेको भन्दा बढि पानी पुनः पूर्ति गर्ने लक्ष्य राखेको छ । तालबाट ताजा पानीको उत्खनन गर्ने क्रमलाई सकेसम्म कम गर्ने तर्फ गूगलले काम गरिरहेको छ ।

यसले वातावरणको सुरक्षामा धेरै हदसम्म सहयोग पु¥याउने देखिन्छ । जल स्रोतको सुरक्षाका लागि गूगलले विभिन्न सरोकारवाला तथा संस्थाहरुसँग पनि सहकार्य गरेर काम गर्ने बताएको छ ।