कीवर्डहरू -

आफ्नै टिभी सार्वजनिक गर्दै अमेजन

आफ्नै टिभी सार्वजनिक गर्दै अमेजन

अमेजनले यो वर्ष आफ्नै टिभी सार्वजनिक गर्ने भएको छ । यो टिभी अक्टोबरमा सार्वजनिक हुनेछ । अमेजन डिभाईसेजले दुई वर्ष देखि यो प्रोजेक्टमा काम गरिरहेको थियो ।

यो कम्पनीले काईण्डल र ईको स्पीकर पनि निर्माण गर्ने गरेको छ । यसको डिजाइन र निर्माण टिसिएल भन्ने कम्पनीले गर्ने गर्दछ ।

अमेजनको आफ्नै समूह पनि छुट्टै एक टिभीको काममा लागेको छ । टिभीमा एलेक्सा पनि उपलब्ध हुनेछ । यस कारण प्रयोगकर्ताहरुले सजिलै भ्वाइस एसिस्टेन्ट प्रयोग गर्ने सक्नेछन्, जसको माध्यमले भोलुम बढाउने, च्यानेल परिवर्तन गर्ने र फिल्म सर्च गर्ने जस्ता कार्य गर्न सकिन्छ ।

अमेजन टिभीमा फायर टिभी सफ्टवेयर चल्छ की चल्दैन् भनेर कम्पनीले बताएको छैन् । टिभी ५६ देखि ७५ इन्चको सम्म हुनेछ । टिभीको मूल्य कति पर्छ भनेर कम्पनीले केही पनि बताएको छैन् ।