कीवर्डहरू -

आफ्नै  कस्टम सर्भर चिप विकास गर्दै फेसबुक

आफ्नै  कस्टम सर्भर चिप विकास गर्दै फेसबुक

फेसबुकले कस्टम सर्भर चिप विकास गरिरहेको छ । फेसबुकले इन्टेल र क्वालकममाथिको निर्भरता कम गर्न आफ्नै चिप फेसबुकले बनाउन थालेको हो । त्यस मध्यको एउटा प्रोसेसरले फेसबुकको कन्टेन्ट एल्गोरिदमसँगै मेसिन लर्निङको काम गर्ने गर्दछ ।

अर्काेले भने लाइभस्ट्रीम भिडियोको गुणस्तरीयता बढाउनका लागि भिडियो ट्रान्सकोडमा प्रयोग गरिएको छ । कस्टम सर्भर चिप निर्माण गरेर फेसबुकले डेटा सेन्टरमा कार्बन फुटप्रिन्ट कम गर्ने पनि लक्ष्य राखेको छ । यो कस्टम सर्भर चिप अरु थर्ड पार्टी प्रोसेसरसँगसँगै चल्नेछ ।

यसले कम्प्यूटर परफरमेन्समा पनि प्रगति ल्याउने जनाइएको छ । कम्पनीले सन् २०१९ मै सेमि कस्टम चिपको निर्माण सुरु गरिसकेको थियो ।