कीवर्डहरू -

अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग 

अब हाम्रो पात्रोको न्युज र क्यालेन्डर विजेट आईओएसमा, यसरी गर्नुहोस् प्रयोग 

नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले आईओएस प्रयोगकर्ताका लागि ‘न्युज’ र ‘क्यालेन्डर’ विजेट सार्वजनिक गरेको छ ।

एपले शुक्रबारको अपडेटमार्फत प्रयोगकर्ताको सहजतका लागि परिष्कृत ‘क्यालेन्डर विजेट’ का साथै नयाँ ‘न्युज विजेट’ समेत ल्याएको हो ।

यससँगै प्रयोगकर्ताले उपलब्ध विजेट प्रयोग गरेर छरितो रुपमा समाचार र तिथिमितिको अपडेट लिन सक्नेछन् । क्यालेन्डर विजेट यसअघि नै आईओएस एपमा उपलब्ध रहेको थियो । तर यसपटक त्यसमा परिमार्जन गर्दै आकर्षक डिजाइन दिइएको छ ।

प्रयोगकर्ताले क्यालेन्डर विजेटका लागि तीन ओटा विकल्प पाउनेछन् । जसमा चाडपर्व तथा विशेष दिन, बार मिति, मौसम सहितको पात्रो भएको ठूलो क्यालेन्डर विजेट, सम्बन्धित एक महिनाको पात्रोमा मिति, बार, तिथि र मौसम देखिने मध्यम विजेट र सम्बन्धित दिनको मिति, बार, तिथि र मौसमको जानकारी मात्र देखिने सानो विजेट मध्येबाट रोज्न सकिनेछ ।

त्यस्तै ‘न्युज’तर्फ एक मात्र समाचार देखिने सानो विजेट र चार ओटा समाचार देखिने ठूलो विजेट गरी दुई ओटा विकल्प रहेका छन् ।

समाचार विजेटमा विभिन्न न्युज पोर्टलमा प्रकाशित पछिल्ला समाचारहरूको अपडेट प्राप्त गर्न सकिनेछ । उपलब्ध विजेटबाट समाचार र पात्रोलाई आफ्नो सहजता अनुसार मिलाएर राख्ने सुविधा समेत यसमा छ ।

कसरी प्रयोग गर्ने ?

यसका लागि शुरूमा आफ्नो आईफोनको होम स्क्रीनको खाली भागमा केही लामो समय थिच्नुपर्छ । यति गरेसँगै स्क्रीनको माथि बायाँ कुनामा प्लस आइकन देखिने छ । त्यसपछि त्यसमा दबाउनुहोस् र अब स्क्रोल गर्दै हाम्रो पात्रा एप छनोट गर्नुहोस् ।

त्यहाँ तपाईले हाम्रो पात्रोका सबै विजेट देख्न सक्नुहुनेछ । जसमध्ये आफुलाई मन परेको विजेट रोजेर तल रहेको ‘एज विजेट’ बटनमा दबाउनुपर्ने हुन्छ ।