कीवर्डहरू -

नेपाली ई-कमर्श बजारमा प्रवेश गर्‍यो यसकार्ट, २० प्रतिशतसम्म छूट पाइने 

नेपाली ई-कमर्श बजारमा प्रवेश गर्‍यो यसकार्ट, २० प्रतिशतसम्म छूट पाइने 

नेपाली ई-कमर्श बजारमा यसकार्ट डटकम नामक नयाँ कम्पनी प्रवेश गरेको छ । आइओटी इन्कर्पोरेसन प्रालिले शुक्रबारदेखि यसकार्ट डटकम सञ्चालनमा ल्याएको हो ।

यस कार्टबाट ग्राहकले आफूलाई आवश्यक सामान अनलाइन खरिद गर्न सक्नेछन् । यसकार्टमा मोबाइल, फेसन, इलेक्ट्रोनिक, सेक्युरिटी, स्पोर्ट्स लगायतका सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसकार्टबाट सामान खरिद गर्दा खल्ती, ई–सेवा, भिजा, मास्टरकार्डमार्फत भुक्तानी गर्न सकिने छ । खल्तीबाट पैसा तिर्दा २० प्रतिशत वा ५०० रूपैयाँ सम्म क्याब्याक पाइने छ ।

यसकार्टको वेबसाइट तथा एन्ड्रोइड एप मार्फत २ सय रुपैयाँ बराबरको भौचर ग्राहकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

एन्ड्रोइडमा उपलब्ध भएको यसकार्टको एप केही समयपछि आईओएसमा पनि उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।