कीवर्डहरू -

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।  सिटिजन्स बैंक र ग्रोडेली बीच मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा उत्पादित  किराना सामग्रीहरुको प्रवर्द्धन लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।