कीवर्डहरू -

मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी

मोटरसाइकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी

एप्पलले मोटरसाईकलको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने चेतावनी दिएको छ । म्याक रूमर्सले एप्पल सपोर्ट पोस्टमा उच्च स्तरको कम्पनले आईफोनको क्यामेरा बिगार्न सक्ने बताएको छ ।

यसमा विशेषगरी उच्च शक्ति भएको मोटरसाईकल इन्जिनको कम्पन पर्ने गर्दछ । म्याक रूमर्सका अनुसार फोन स्थायी रुपमा बिग्रिने छ ।

बाइकमा फोन राखेर चलाईरहेको धेरै जनाले आफ्नो फोनको क्यामेरा किन बिग्रयो भनेर गूगलमा सर्च गर्ने गरेको पाइएपछि यो कुरा पत्ता लागेको छ । धेरै जसोले दिशा पत्ता लगाउनका लागि आईफोनलाई बाईकमै राखेर चलाउने गरेको देखिएको छ ।

क्यामेराको क्लोजड लुप अटोफोकस लामो समयसम्म उच्च स्तरको कम्पनमा राखिदा बिग्रिने भएकाले फोनको क्यामेरा बिग्रेको एप्पलले बताएको छ । आईफोन ७ देखि सबैमा यो फिचर हुने गर्दछ ।