कीवर्डहरू -

गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा

गूगलले हङकङ अधिकारीहरुसँग प्रयोगकर्ताहरुको डेटा शेयर गरेको खुलासा

गूगलले हङकङ अधिकारीहरुलाई प्रतिबन्ध हुँदाहुँदै पनि डेटा दिएको छ । चिनियाँ सरकारले डेटा शेयरमा प्रतिबन्ध लगाउन सन् २०२० मा सुरक्षा कानून ल्याएको थियो तर त्यस कानूनलाई पनि गूगलले नमानेको देखिन्छ ।

हङकङ फ्रि प्रेसको रिपोर्ट अनुसार हङकङ अधिकारीहरुले ४३ जनाको डेटाका लागि अनुरोध गरेका थिए र त्यसबाट गूगलले तीन जनाको डेटा सेयर गरेको छ । त्यसमध्य एक जनाको जीवन जोखिममा थियो र दुई जना मानव बेचविखनसँग सम्बन्धित रहेका थिए ।

हस्ताक्षर गरिएको वारेन्ट आएर डेटा मागिएको हुँदा डेटा दिएको गूगलको भनाइ छ । ठूलो टेक जायन्टहरुलाई चिनियाँ सरकारको सुरक्षा कानून पालना गर्न केही समस्या परिरहेको देखिएको छ ।