कीवर्डहरू -

गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान

गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । अहिले सम्म गूगल वानमा १० डलर प्रति महिना तिरेर २ टेराबाईट स्टोरेज र ५० डलर प्रति महिना तिरेर १० टेराबाईट स्टोरेज पाउन सकिन्थ्यो ।

तर २ टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि थोरै र १० टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि धेरै भईरहेको कारण गर्दा गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको हो ।

यस प्लानको शुल्क २५ डलर प्रति महिना तोकिएको छ । १० टेराबाईट स्टोरेजको भन्दा प्रयोगकर्ताले आदि तिर्नुपर्ने हुन्छ । यसमा पनि एन्ड्रोईड भीपीएन, १० प्रतिशत स्टोर क्रेडिट फिर्ता र गूगल एक्स्पर्ट एक्सेस पाउन सकिने छ ।

गूगलले जूनको सुरुवातमा गूगल फोटोजको असीमित स्टोरेजको फिचर हटाएको थियो । त्यस कारण स्टोरेज थप्न गूगल वानले टेराबाईटको स्टोरेज प्लान ल्याएको थियो ।