कीवर्डहरू -

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गाले देखायो मङ्गल ग्रहमा पानीको संकेत

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गाले देखायो मङ्गल ग्रहमा पानीको संकेत

पर्सिभेरेन्स रोभरले संकलन गरेको ढुङ्गा नमुनाले मङ्गल ग्रहमा लामो समयदेखि पानी रहेको संकेत गरेको छ । पानी जेजेरो क्राटरमा रहेको अनुमान लगाइएको छ । करौडौँ वर्ष देखि त्यहाँ पानी रहेको वैज्ञानिकहरुले शङ्का गरेका छन् ।

यसले सुक्ष्म जीवहरुलाई जीवन दिइरहेको पनि सङ्केत गर्दछ । वैज्ञानिकहरुले ढुङ्गाबाट नुन बनेको पनि पाएका छन् । अझै अनुसन्धान हुँदै गएपछि मङ्गल ग्रहको अझै रहस्य थाहा हुने आशा गरिएको छ ।

पर्सिभेरेन्स मङ्गल ग्रहको अर्काे नमुना दक्षिण सेटाहबाट केही हप्ता पछि संकलन गर्नेछन् । यो अक्टोबरमा हुने अनुमान गरिएको छ । यसले भविष्यमा मङ्गल ग्रहमा अन्पेषण गर्न थप सहयोग पुर्‍याउनेछ ।