नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्ती बाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ।
यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम नि:शुल्क ट्रान्सफर गर्न सक्नेछन् ।
त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले रु. ५०% सम्मको क्यासब्याक पाउनेछन्। जस्तै, यदि बैंक ट्रान्सफर शुल्क रु. २० भएमा, रु. १० क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ।
खल्ती डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले ग्राहकहरुको सल्लाह तथा सुझावलाई प्राथमिकतामा राखि नि:शुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएको बताए ।