कीवर्डहरू -

अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२

अक्टोबर ४ मा सार्वजनिक हुँदै एन्ड्रोइड १२

एन्ड्रोइड १२ अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । अहिले सम्म गूगलले आधिकारिक रुपमा बेटा मात्रै सार्वजनिक गरेको थियो । तर अब भने गूगलले अक्टोबर ४ मा एन्ड्रोइड १२ को एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट सार्वजनिक गर्नेछ ।

त्यस दिन पिक्सेल प्रयोगकर्ताहरुले फाइनल भर्सन पनि पाउनेछन् । यो अपडेटसँगै पिक्सेल ६ पनि सार्वजनिक हुने कुरा चर्चामा आईरहेको छ । नयाँ ओएस आएपछि नयाँ स्मार्टफोन पनि आउने अनुमान गरिएको छ ।

पिक्सेल ६ भने अक्टोबर तिर आउने आशा गरिएको छ । एन्ड्रोइड १२ चाँडैनै सार्वजनिक भईरहँदा पनि तपाईले कहिले पाउनुहुन्छ भन्ने कुरा पूर्ण रुपले तपाईले प्रयोग गर्ने स्मार्टफोन कम्पनी माथि भरपर्ने गर्दछ ।

एन्ड्रोइड ११ सार्वजनिक हुँदा सामसङले तीन महिना पछि मात्रै आफ्नो उपभोक्तालाई ओएस उपलब्ध गराएको थियो । आफ्नो ईन्टरफेसमा परिवर्तन ल्याउन समय लाग्ने हुँदा यस्तो हुने गर्दछ ।