कीवर्डहरू -

डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध

डेस्कटपका लागि गूगल सर्चमा डार्क मोड उपलब्ध

गूगल सर्चमा डार्क मोड उपलब्ध भएको छ । गूगल सर्च होमपेजले अहिले सम्म विभिन्न परिवर्तनहरु आइसकेका छन् तर अहिलेसम्म सेतो ब्याकग्राउण्डमा गूगलको रङगी बिरङगी लोगोमा भने कुनै पनि परिवर्तन आएको थिएन ।

यस पटक भने त्यसमा परिवर्तन आएको छ । डार्क मोड मन पराउनेहरुका लागि गूगलले गूगल सर्चमा पनि डार्क मोड सुविधा ल्याएको छ । यसले डेस्कटप प्रयोगकर्ताहरुलाई केही हदसम्म सजिलो हुने बताइएको छ ।

डार्क मोडले ब्याकग्राउण्डलाई मात्रै ग्रे नबनाएर गूगल लोगोलाई पनि सेतो बनाईदिने गर्दछ । यो फिचर आउँदो केही हप्तामा रोल आउट हुनेछ ।

यो फिचरलाई सजिलै तपाई आफ्नो सेटिङ्गमा गएर एपिईरियन्स ट्याबमा थिचेर डार्क थिम छानेर पाउन सक्नुहुनेछ । यो फिचर मोबाइल वेबसाईटमा पनि उपलब्ध हुनेछ । अहिलेका लागि यो डेस्कटप प्रयोगकर्ताले पाउने भएका छन् ।