कीवर्डहरू -

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी 

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी 

अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको छ । पहिलो ग्लोबल च्यालेञ्ज अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स २०२१ मा नेपालले सहभागीता जनाएको हो ।

यो कार्यक्रम वार्षिक रुपमा अन्तर्राष्ट्रिय फर्स्ट कमिटी एसोसिएसनले आयोजना गर्ने गर्दछ । यो संस्थाले विद्यार्थीहरुलाई स्टीम तथा रोबोटिक अध्ययनका लागि प्रोत्साहित गर्ने गर्दछ ।

यो कार्यक्रमको थिम ‘डिस्कभर एण्ड रिकभर’ रहेको छ । यस कार्यक्रममा नेपालसहित अन्य धेरै देशहरुले सहभागीता जनाएका छन् ।

यो वर्षको नेपालको टिममा शिशिर सुवेदी, अरिअन स्पेसका आर एण्ड डी इन्जिनियर जितेन थापा, रोबोटिक्स एशोसिएसन नेपालका सदस्य कपालिक खनाल र सुयोग गैरे रहेका छन् ।

यो सँगै टिम क्युबस्याट र टिम रोबोटिक्स नामक दुई ओटा टिम पनि रहेका छन् । टिम क्युबस्याटलाई ब्रोजेश महर्जनले निर्देशन गरेका छन् र यसमा नवीन जोशी, दिलाशा बराल, ऊर्जा खत्री र प्रित्युष्मा रेग्मी रहेका छन् ।

त्यस्तै आदित्य ढुङ्गानाको निर्देशनमा रहेको टिम रोबोटिक्समा सचिन बिजुक्चे, जिवेस श्रेष्ठ, काश्यप ज्ञवाली र सुमित तिमलसिना रहेका छन् ।