कीवर्डहरू -

सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने

सानिमा बैंकका ग्राहकले सामसङका फोल्डेबल फोन किस्तामा खरिद गर्न पाउने

सानिमा बैंक लिमिटेडका ग्राहकहरुले सामसङ स्मार्ट फोनमा विशेष सुविधा पाउने भएका छन् । नेपालस्थित सामसङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरू आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्ससँग बैंकले आफ्ना ग्राहकहरुलाई सामसङको फ्ल्यागसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने बारे सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसङका स्मार्टफोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रिबुकिङ्ग गर्न सक्नेछन् ।

यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भइसकेको र उक्त फोनको औपचारिक लन्च भने असोज ६ गते हुने कम्पनीले जनाएको छ ।

प्रि-बुकिङ आईएमएस स्मार्ट तथा सामसङ प्लाजा स्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटहरुबाट गर्न सकिने पनि कम्पनीले जनाएको छ ।