कीवर्डहरू -

सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने

सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने

दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यानलबाट आउने भएको छ ।

यसअघि ओएसआर डिजिटलबाट आउने हाँस्य टेलिफिल्म बिहिबार अर्थात आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने भएको हो ।

अबदेखि सक्किगोनी हरेक बिहीबार बेलुका ९ बजेदेखि आफ्नै युट्युब च्यानलमा आउनेछ भने हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजेदेखि प्रसारण हुनेछ ।

ओएसआर डिजिटलसँग सम्झौता सकिएपछि सक्किगोनी अब आफ्नै च्यानलबाट आउने जनाइएको छ । सक्किगोनी शुरू देखि नै ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।