कीवर्डहरू -

टेलिकमले कल ट्यापिङ गर्दैन्, त्यो कानूनले पनि दिदैन्ः प्रबन्ध निर्देशक अधिकारी

टेलिकमले कल ट्यापिङ गर्दैन्, त्यो कानूनले पनि दिदैन्ः प्रबन्ध निर्देशक अधिकारी
फाइल फोटो

नेपाल टेलिकमले कल ट्यापिङ नगर्ने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अधिकारीले टेलिकमले कल ट्यापिङ नगर्ने बताएका हुन् ।

टेलिकमले कल ट्यापिङ नगर्ने र त्यो कानूनले पनि नदिने अधिकारीले बताए । ‘धेरैले जनाले मलाई ह्वाट्सएपबाट भाइबरबाट फोन गर्नुहुन्छ,’ अधिकारीले कार्यक्रममा भने, ‘किन यसबाट गर्नुभयो टेलिकमबाट प्याक लिनुहोस् सस्तो छ गुणस्तरीय छ भन्दा खेरी टेलिकमले रेकर्ड गर्छ भनेर भन्नुहुन्छ ।’

त्यो रेकर्ड गर्ने उपकरण टेलिकमसँग नभएको उनले जानकारी दिए । ‘हुन त सुनिन्छ कहिले जर्मनी चान्सलरको कल रेकर्ड गर्‍यो भनेको छ । कहिले इन्डियाको गर्‍यो भनेको छ, कहिले कहाँको गर्‍यो भनेको छ,’ अधिकारी भन्छन्, ‘त्यो खालको उपकरणहरू हामी कहाँ छैनन् । त्यो कुरा तपाईहरूलाई मैले पनि विश्वस्त गराउन चाहे ।’

टेलिकमसँग कल रेकर्ड गर्ने उपकरण नभएको र कानूनी रूपमा त्यो गर्न पनि नपाउने अधिकारी बताउँछन् । त्यसतर्फ आफुहरूले सोच्दा पनि नसोच्ने उनले बताए ।