कीवर्डहरू -

युनिकोडले थप्यो ३७ नयाँ इमोजी

युनिकोडले थप्यो ३७ नयाँ इमोजी

युनिकोड १४.० ले ३७ ओटा नयाँ इमोजी थपेको छ । अपडेटका कारणले युनिकोडले टेक्सट स्ट्याण्डर्डमा ८३८ क्यारेकटर थपेको थियो । ८३८ क्यारेक्टर मध्ये ३७ ओटाले नयाँ ईमोजीलाई जनाउँछन् ।

यो नयाँ ईमोजीहरु सन् २०२१ को अन्त्यसम्मा वा २०२२ भरिमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । ईमोजीमा पग्लीरहेको मुख, रुन आटेको, सलाम गरेको, सिमी, ट्रोल, मिरर बल, ग्लास बाट पानी पोखिएको, चिप्लेटी, गुडँमा अण्डा भएको जस्ता थुप्रै ईमोजिहरु थप्पिएका छन् ।

त्यस्तै ईमोजीहरु थुप्रै  वर्णहरुमा सार्वजनिक गरिएको छ । पहिलोको अपडेटमा युनिकोडले यसमा गल्ती गरेको थियो जसलाई दुई वर्ष पछि कम्पनीले सुधारेको छ ।