कीवर्डहरू -

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानेल मार्फत अब एचबीओ हेर्न नपाइने भएको छ । अमेजनले प्रयोगकर्ताहरुलाई एचबीओका लागि अमेजन प्राइम च्यानेल मार्फत प्रति महिना १५ डलरमा साइन अप गरिएको प्रोग्राम सेपटेम्बर १५ मा सकिने भनेर जानकारी पनि दिएको थियो ।

यो कारणले एचबीओले करिब ५० लाख सब्सक्राइबर गुमाउने आशंका गरिएको छ । अमेजनले एचबीओ म्याकसलाई च्यानेलको मार्फत नजाने भए सपोर्ट नगर्ने भएको थियो ।

द हलिउड रिपोटरका अनुसार एचबीओले अमेजन सब्सक्राइबरहरुलाई छुट दिएर एचबीओ म्याकसमा साइन अप गर्नका लागि मनाउनेछ ।

एचबीओले प्रयोगकर्ताहरुसँग आफै सिधै सम्बन्ध राख्न खोजेको र तेस्रो पार्टीलाई हटाउन खोजेकाले सब्सक्राइकर गुम्ने जोखिम व्यहोर्न पनि तयार भएको पाइएको छ । यो अहिले पनि अमेजन फायर टिभी डिभाइसमा भने उपलब्ध रहेको छ ।