कीवर्डहरू -

१४ इन्चको ओएलईडी डिस्प्ले निर्माण गर्दै सामसङ

१४ इन्चको ओएलईडी डिस्प्ले निर्माण गर्दै सामसङ

सामसङले १४ इन्चको ओएलईडी डिस्प्ले निर्माण गर्न थालेको छ । यो ९० हर्जको ओएलईडी डिस्प्ले हुनेछ । यो असुसको पछिल्लो ल्याटपमा प्रयोग गरिनेछ । यो डिस्प्लेमा २८८०X१८०० को रिजोलुसन हुनेछ र १६ः१० को अनुपातमा रहनेछ ।

यो स्क्रीन गेमिङ लागि राम्रो नै हुने बताइएको छ । ओएलईडी ब्लरले ईमेजलाई कम धमिलो बनाउनमा मद्दत पुर्‍याउनेछ । ९० हर्जको ओएलईडी डिस्प्लेमा १२० हर्जको भन्दा प्रष्ट इमेज देखिने गर्दछ । त्यसैले यसले गेमिङमा सहज बनाउने गर्दछ ।

यसले रगंको गुणस्तरीयतालाई पनि बढाउने गर्दछ । यसले प्रतिक्रिया पनि छिटो दिने गर्दछ । ब्राईट कनटेन्ट हेर्दा पनि यो स्क्रीनले कम चार्ज खपत गर्ने गर्दछ । यो स्क्रीन असुसको जेनबुक १४ एक्स प्रो र भिभोबुक प्रो १४ एक्स मोडेलमा उपलब्ध हुनेछ ।