कीवर्डहरू -

बैंक अफ काठमाण्डूका मोबाइल बैकिङ प्रयोगकर्तालाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका मोबाइल बैकिङ प्रयोगकर्तालाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालि बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकले एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत सम्म छुट पाउने छन् ।

एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।