कीवर्डहरू -

बायोमेडिकल उपकरणको तथ्यांक दिने वेबसाइट ‘मिसन अक्सिजन टिम’

बायोमेडिकल उपकरणको तथ्यांक दिने वेबसाइट ‘मिसन अक्सिजन टिम’

अब अनलाइनबाटै देशभरका बायोमेडिकल उपकरण बारे तथ्यांक पाइने भएको छ । बायोमेडिकल उपकरणको एकै ठाउँमा जानकारी दिने र विग्रेको उपकरणलाई तत्कालै मर्मत् गर्ने उद्देश्यले डिजिटल पोर्टल मिसन अक्सिजन टिम (एमओटी) सञ्चालनमा आएको छ ।

रोबोटिक्स एशोसिएसन नेपाल, बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल र बायोमेडिकल इन्जिनियरिङ नेपालको सहकार्यमा एमओटी सञ्चालनमा ल्याइएको छ । यसमा नेपाल बायोमेडिकल एशोसिएसनले पनि सहयोग गरेको छ ।

एमओटीले डकुमेन्टेसन, ट्याकिङ, सेवा तथा मर्मतको सुविधा समेत प्रदान गर्नेछ । बायोमेडिकल उपकरणको डेटाबेस बनाउन, ट्याक र रियल टाइम मोनिटर, इन्स्टल, अपरेट र मेन्टेन गर्ने लगायतका उद्देश्यसहित एमओटी स्थापना भएको हो ।

एमओटीमा बोयोमेडिकल, रोबोटिक्स, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरसहित १९५ इन्जिनियर आवद्ध भएका छन् । एमओटीमा अहिलेसम्म देशभरबाट २५० बढी सदस्य जोडिसकेका छन् ।

अहिलेसम्म टिमले ४३३ बढी अक्सिजन कन्सन्ट्रेटर परीक्षण र ३०० बढी अस्पतालको म्यापिङ गरिसकेको छ । साथै एमओटीको वेबसाइटबाट बायोमेडिकल उपकरण, मर्मत गर्न, इन्स्टल गर्न, सञ्चालन गर्न, म्यापिङ गर्न अनुरोध गर्न सकिने छ ।