कीवर्डहरू -

यस्तो छ रियलमी ८ स्मार्टफोन (भिडियो रिभ्यू) 

यस्तो छ रियलमी ८ स्मार्टफोन (भिडियो रिभ्यू) 

केही समय अगाडि रियलमी ८ नेपाली बजारमा सार्वजनिक भएको थियो । ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टमा सार्वजनिक भएको रियलमी ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेको छ ।

मिडिया टेक हेलियो जी ९५ प्रोसेसर प्रयोग गरिएको फोनमा ६० हर्ज रिफ्रेस रेट, १८० हर्ज टच स्याम्पलिङ रेट उपलब्ध छ ।

रियलमी ८ मा ४ वटा रियर क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल बी एण्ड डब्लु सेन्सर छन् ।

फोनमा पञ्च होलसहित १६ मेगापिकसेलको सेल्फी क्यामेरा राखिएको छ । यसमा ३.५ एमएम अडियो ज्याक, इन डिस्प्ले फिंगरप्रिन्ट र फेस अनलक जस्ता सुविधा छन् ।
५ हजार एमएएचको ब्याट्री रहेको यस फोनमा ३० वाटको डार्ट चार्ज राखिएको छ । नेपाली बजारमा यसको मूल्य २८ हजार ७९९ रूपैयाँ तोकिएको छ ।

हामीले रियलमी ८ को भिडियो रिभ्यू गरेका छौं । आउनुहोस् रियलमी ८ बारे थप जानकारी लिन तलको भिडियो रिभ्यू हेरौं ।