कीवर्डहरू -

अक्टोबर ५ मा सार्वजनिक हुँदै माइक्रोसफ्ट अफिस २०२१

अक्टोबर ५ मा सार्वजनिक हुँदै माइक्रोसफ्ट अफिस २०२१

माईक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा सार्वजनिक हुने भएको छ । यसलाई कम्पनीले उपभोक्ता भर्सनको नाम दिएको छ । त्यस दिन नै कम्पनीले विन्डोज ११ पनि सार्वजनिक गर्नेछ ।

अफिस २०२१ दुवै विन्डोज र म्याक ओएसमा उपलब्ध हुनेछ । अफिस २०२१ एक पटक खरिद गर्न मिल्छ र यो माईक्रोसफ्ट ३६५ सब्सिक्रप्सनमा सब्सक्राइब नगर्न चाहनेहरुका लागि हो । माईक्रोसफ्टले चाँडैनै अफिस २०२१ को बारेमा अझै बताउने बताएको छ ।

यसमा अफिस एलटीएससीमा भएकै जस्तो फिचरहरु राखिने छ । अफिस एलटीएससी भनेको कम्पनीको एक सफ्टवेयर प्रकार हो, जुन क्लाउड प्रयोग गर्न नपाउने ईन्टरप्राइज प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको छ ।

यसमा एक्सेसिबिलिटी फिचर र डार्क मोड सपोर्टको फिचर रहेको छ । यो सफ्टवेयरलाई माईक्रोसफ्टले पाँच वर्षसम्म सपोर्ट गर्नेछ र यो दुवै ३२ र ६४ बिटको प्रणालीमा काम गर्नेछ ।