कीवर्डहरू -

ब्रिटिश कलेजमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

ब्रिटिश कलेजमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो क्युआर कोड सेवा काठमाडौंको ब्रिटिश कलेजमा विस्तार गरेको छ । अब ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावक महानुभावहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।

यसै क्रममा बैंकले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्टहरु, हस्पिटलहरु तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।