कीवर्डहरू -

माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने 

माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने 

माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसार अब हरकसैले आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट पासवर्ड हटाएर साइन इन गर्ने अरु प्रक्रिया प्रयोग गर्न सक्नेछन् ।

पासवर्ड सम्झिनु र पासवर्ड म्यानेजर प्रयोग गर्नु भन्दा माइक्रोसफ्ट अथेन्टिकेटर एप, विन्डोज हेल्लो, सेक्युरिटी की वा एसएसएमएस वा ईमेल कोड प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले आउटलुक, वानड्राइभ, माइक्रोसफ्ट फ्यामिली सेफ्टी र एक्सबक्सको एस्क र एस सिरिजमा पासवर्ड बिनानै साइन इन गर्न सकिन्छ । यो फिचर प्रयोगकर्ताहरुका लागि केही हप्ताको अन्तरालमा उपलब्ध हुनेछ ।

माइक्रोसफ्ट अकाउन्ट सेटिङ्गमा गएर एडभान्सड सेक्युरिटी अप्सनमा गएर एडिसनल सेक्युरिटी अस्सनबाट पासवर्ड बिनाको अकाउन्टमा स्वीच गर्न सकिन्छ । तपाईले पासवर्डलाई पुनः एक्टिभेट पनि गर्न सक्नुहुनेछ ।