कीवर्डहरू -

‘के एआईले जागिर खान्छ ?’ विषयमा शनिबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

‘के एआईले जागिर खान्छ ?’ विषयमा शनिबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

शनिबार साँझ ‘के एआईले जागिर खान्छ ?’ विषयमा वेबिनार आयोजना हुने भएको छ । ड्यानसन सोलुसनले आयोजना गरेको यो वेबिनार शनिबार साँझ ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

यस वेबिनारमा ड्यानसन सोलुसनले आईटी लर्निङ प्लेटफर्म ड्यानसन ट्रेनिङ सार्वजनिक पनि गर्नेछ । ड्यानसन ट्रेनिङले प्रोग्रामिङ ल्याङवेज, वेब डेभलपमेन्ट, एप डेभलपमेन्ट, गेम डेभलपमेन्ट तथा ग्राफिङ डिजाइन कोर्षमा लाइभ क्लास सञ्चालन गर्नेछ ।

यस वेबिनारमा वक्ताको रूपमा कम्प्युटर इन्जिनियरमा गोल्ड मेडलिष्ट तथा सफ्टवेयर इन्जिनियर विकल्प ढकाल, डेटा एनालिष्ट मोनिल शाह, उद्यमी सञ्जिव सापकोटा र ड्यानसन सोलुसनका टेक्निकल हेड सौरभ राज जोशीको सहभागीता रहनेछ ।

ड्यानसन ट्रेनिङको सार्वजनिक इभेन्ट र वेबिनारमा सहभागी हुन यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । यो कार्यक्रम जुमबाट सञ्चालन हुनेछ भने फेसबुकमा समेत लाईभ हुनेछ । यस कार्यक्रम रजिष्टर गर्ने र सहभागी हुनेले लञ्च प्याकेज अन्तर्गत ड्यानसन ट्रेनिङमा २० प्रतिशत छुट पाउने छन् ।