कीवर्डहरू -

आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा

आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा

आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटाले बम्पर उपहार जित्न सफल भएकी छिन् । कम्पनीका ब्रान्ड एम्बेसडर वर्षा सिवाकोटीले विजेताको नाम एक कार्यक्रमका बीच घोषणा गरेकी हुन् ।

त्यसैगरी टिकटक भिडियोमा सर्वाधिक लाइक र भ्युजको आधारमा अम्बिका भुषाल छनोटमा परेकी छिन् । हरेक दिन ५ जनालाई ५०० टप अप तथा सर्वाधिक लाइक र भ्युजको आधारमा १ जनाले १० हजार र बम्पर १ जना गरी ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भएका छन् ।

आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने आई पे रेमिटले बताएको छ ।