कीवर्डहरू -

तीन स्टार्टअप कम्पनीलाई प्रदान गरियो एनवाईईएफ स्टार्टअप अवार्ड 

तीन स्टार्टअप कम्पनीलाई प्रदान गरियो एनवाईईएफ स्टार्टअप अवार्ड 

नेपाल योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड २०२१ का विजेता घोषणा गरेको छ । शुक्रबार ह्यात होटेल काठमाडौंमा आयोजना भएको कार्यक्रममा एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ का विजेता घोषणासँगै पुरस्कार वितरण गरिएको हो ।

स्टार्टअप अवार्ड २०२१ मा डक्टर्स अन कल नेपाल पहिलो भएको छ । त्यस्तै अर्बन नेपाल दोस्रो र अन्सु टेक्नोलोजी तेस्रो भएका छन् ।

उक्त कार्यक्रममा विजेतालाई पुरस्कार समेत वितरण गरिएको छ । जसमा पहिलो हुने स्टार्टअपलाई १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

एनवाईईएफ काठमाडौं च्याप्टरले आयोजना गरेको स्टार्टअप अवार्डमा सय बढी स्टार्टअप कम्पनीहरूले आवेदन दिएका थिए । उक्त आवेदन मध्ये डक्टर्स अन कल नेपाल, एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, र भक्सक्रो टप ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए ।

एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ को शीर्ष प्रायोजन सगरमाथा इन्स्योरेन्स कम्पनीले गरेको थियो भने सह-प्रायोजन सिद्धार्थ बैंकले गरेको थियो । त्यस्तै एजुकेसन पार्टनरमा केसीएम कलेज रहेको थियो ।