कीवर्डहरू -

नेपालमा सार्वजनिक भयो गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा, कति छ मूल्य ? 

नेपालमा सार्वजनिक भयो गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा, कति छ मूल्य ? 

आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक सार्वजनिक गरेको हो ।

जीपीटू प्रोसेसरमा आधारित यो क्यामेरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जनाएको छ । यो क्यामेराले प्रति सेकेन्ड ६० फ्रेमसम्म ५.३ केको उत्कृष्ट गुणस्तरको भिडियो खिच्न सक्छ । साथै यो क्यामेराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ।

हिरो टेन ब्ल्याक क्यामेरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । कम्पनीका अनुसार यो वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ रहेको छ ।

अपग्रेड भएर आएको यो क्यामेरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ । नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामेराको मूल्य ७५ हजार ५५० रूपैयाँ तोकिएको छ ।

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक वितरक हो ।

गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामेरा भन्दा अलग र अझ राम्रो भएकाले साइकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, ब्लगर्सलाई उपयुक्त हुने कम्पनीले जनाएको छ ।