कीवर्डहरू -

इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या

इजरायलद्वारा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या

इजरायलले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर एक जना इरानी वैज्ञानिकको हत्या गरेको पाईएको छ । राष्ट्रहरुले ड्रोन प्रयोग गरेर मान्छेको हत्या गरेका रिपोर्टहरू यसअघि आइरहेका थिए तर अब रोबोटिक हतियारको प्रयोगले पनि गर्न मान्छे मार्न थालिएको छ ।

द न्यू योर्क टाइम्सका अनसार ईजरायलले इरानको न्युक्लिअर वैज्ञानिक मोहसेन फाक्रीजाडेहलाई नोभेम्बर २७, २०२० मा रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग गरेर हत्या गरिएको थियो । यो बन्दुकलाई ट्रकको छेउमा राखिएको थियो र फाक्रीजाडेहको कार आएपछि टाढाबाट स्याटेलाईट लिकं प्रयोग गरेर गोली प्रहार गरिएको थियो ।

कारमा फाक्रीजाडेहको श्रीमती भएपनि आक्रमणकारीले फाक्रीजाडेहलाई मात्रै लक्षित गरेका थिए । दुवै पक्षको सरकारले रिमोटले सञ्चालन गरिएको बन्दुक प्रयोग भएको बारे केही पनि बताएका छैनन् । द न्यू योर्क टाइम्सले फाक्रीजाडेहको परिवारको बयानको आधारमा यो रिपोर्ट तयार पारेको हो ।

ईजरायलको सञ्चालकले प्रमाण मेटाउनका लागि ट्रकलाई विस्फोट गराईदिएका थिए । अब हत्याराहरुले आफूलाई थोरै खतरामा रोबोटिक बन्दुक प्रयोग गरेर कसैको हत्या गरिदिन सक्ने डर बढेको छ ।