कीवर्डहरू -

साओमीको रेडमी १० प्राइम नेपाली बजारमा, कति होला मूल्य ?

साओमीको रेडमी १० प्राइम नेपाली बजारमा, कति होला मूल्य ?

नेपाली बजारमा साओमीको रेडमी १० प्राइम स्मार्टफोन सार्वजनिक भभएको छ । ६.५ इन्च एलसीडी डिस्पले भएको यसमा फुल एचडडी प्लस रिसोलुसन रहेको छ ।

रेडमी १० प्राइमममा मिडिया टेक हेलियो जी ८८  फोरजी प्रोसेसर प्रयोग गरिएको छ । यसमा ४ जीबी र ६ जीबी र्‍‍याम राखिएको छ भने ६४ जीबी  र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको छ ।

यसमा एन्ड्रोइड ११ मा आधारित एमआईयुआई १२.५ अपरेटिङ सिस्टम राखिएको छ । फोनमा रियर क्वाड क्यामेरा सेटअप रहेको छ । जसमा ५० मेगापिक्सेल प्राइमरी, ८ मेगापिक्सेल अल्ट्रा वाइड, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेल डेप्थ सेन्सर राखिएको छ ।

रेडमी १० प्राइममा ८ मेगापिक्सेलको पञ्चहोल सेल्फी क्यामेरा छ । फोनमा ३.५ एमएम हेडफोन ज्याक र स्टेरेयो स्पीकको सुविधा समेत रहेको छ ।

यसमा १८ वाटको चार्जिङसहित ६ हजार एमएएचको ब्याट्री राखिएको छ । नेपाली बजारमा ४ जीबी र ६४ जीबी स्टोरेज रहेको रेडमी १० प्राइमको मूल्य २० हजार ९९९ रूपैयाँ रहेको छ भने ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।