कीवर्डहरू -

स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुँदै

स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुँदै

स्टारलिकंको इन्टरनेट अक्टोबरमा बेटा परीक्षण बाट वास्तविक सेवामा परिणत हुने एलन मस्कले बताएका छन् । स्टातलिंकको ईन्टरनेट सेवा अब धेरै देशहरुका लागि उपलब्ध हुनेछ ।

सेप्टेम्बरसम्ममा कम्पनीले विश्वव्यापी रुपमा कभरेज गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म बेटा अमेरिका, यूरोप, अस्ट्रेलिया, चिली र न्यू जिलयाण्डमा उपलब्ध रहेको थियो ।

अहिले मेक्सिको र जापानमा विस्तार गरिदैछ । अगस्टको अन्तिमसम्ममा स्पेस एक्सले १ लाख स्टारलिकं टर्मिनल ढुवानी गरिसकेको छ ।

बेटा हटेपछि स्टारलिकंको सङ्ख्या अझै बढाईने बताइएको छ । स्टारलिकंले विशेषगरी दुर्गम क्षेत्रलाई एकदमै सहयोग गर्नेछ ।

मस्कको कम्पनीले भनेको समय भन्दा धेरै ढिलो  गरेको छ तर पनि यो पटक भने अक्टोबरमै वास्तविक सेवा उपलब्ध हुने मस्कले बताएका छन् ।