कीवर्डहरू -

आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल

आइएमईको दशैं अफर, विदेशबाट पठाएको रकम आईएमई पेमा पाउँदा रकम डबल

आइएमईले दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि कार्तिक २६ सम्म लागु हुने आइएमईले जनाएको छ ।

जसमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल पाइने छ ।

त्यस्तै हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।