कीवर्डहरू -

एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण 

एयर कन्डीसनलाई प्रतिस्थापन गर्न अल्ट्रा ह्वाईट रङ्गको निर्माण 

अल्ट्रा ह्वाईट रङ्गले घरमा रंग लगाएमा एयर कन्डीसन पनि नचाहिने भएको छ । सेतो रङ्गले घरलाई पेन्ट गर्दा एकदमै सादा देखिए पनि यसले हाम्रो पृथ्वीलाई जोगाउन सक्छ ।

यही कुरालाई मध्यनजर गर्दै पर्डयु विश्वविद्यालयका अन्वेषकले अल्ट्रा ह्वाईट पेन्टको निर्माण गरेका छन् । यो अन्वेषणले गिनिज वर्ल्ड रेकर्ड पनि कायम गरेको छ ।

अल्ट्रा ह्वाईट पेन्टले ९८.१ प्रतिशत सौर्य विकिरणलाई प्रतिबिम्बित गरेर इन्फ्रारेड ताप आउटपुट दिने गर्दछ । यसले वातावरण भन्दा तपाईको कोठालाई चिसो बनाउछ ।

एक हजार स्क्वायर फिटमा १० किलोवाटले तापक्रमलाई चिसो बनाउने गर्दछ । यो भनेको साधारण एसी यूनिट भन्दा पनि बढि हुने गर्दछ ।

केही रङ्गहरु तातोपना प्रतिबिम्ब गर्न बनाइएको हुन्छ तर त्यसले ९० प्रतिशत घामको ताप मात्रै फर्काउँछ र सतहलाई चिसो बनाउँदैन् ।

अल्ट्रा ह्वाईट रङ्गमा विभिन्न आकारको उच्च अनुपातमा बेरियम सल्फेटको प्रयोग गरिएको हुन्छ । यसले लाईट स्पेक्ट्रम बढाएर अझै बढी घाम रिफलेक्ट गर्ने गर्दछ ।

पर्डयु विश्वविद्यालयका अन्वेषकले एक रगं कम्पनीसँग सहकार्य गरेर रगं धेरै मात्रामा निर्माण र विक्री गर्ने जनाएका छन् । यो रंगले तपाईको एसीको खर्च जोगाउन सक्ने छ ।