कीवर्डहरू -

आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै

आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै

आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ । सिटिजन ल्याबका अनुसन्धानकर्ताका अनुसार पेगासस स्पाइवेयरबाट बहराइनका एक मानव अधिकारकर्मीको आईफोन ह्याक गरिएको खुलासा भएको हो ।

अनुसन्धानकर्ताले बहराइनका मानव अधिकारकर्मीको आईफोन १२ प्रो फोन विश्लेषण गर्दा एप्पलको आईमेसेजलाई लक्षित गरिएको ‘जिरो डे जिरो क्लिक एक्सप्लोईट’ पत्ता लगाएका छन् ।

जिरो क्लिकमा आक्रमणकारीले डिभाईसलाई क्षति पुर्‍याउन प्रयोगकर्तालाई थाहा नै दिने नगरेको सिटिजन ल्याबले बताएको छ ।

आईफोनको सफ्टवेयर कमजोरीलाई एप्पलको आईओएस, म्याकओएस र वाचओएस डिभाईसको विरुद्धमा प्रयोग गरिएको पाईएको छ । सिटिजन ल्याबले यो आक्रमणको पछाडि पनि एनओएस कम्पनीको पेगासस सफ्टवेयर नै रहेको दावी गरेको छ ।

इजरायलको कम्पनी एनओएसलाई सिटिजन ल्याबले ‘स्पाईवेयर कम्पनीको’ नाम पनि दिएको छ । एनओएसले विभिन्न मुलुकहरुलाई आफ्नो पेगासस सफ्टवेयर विक्री गरेर जानकारी लिन दिईरहेको छ ।

यो स्पाईवयरले आईओएस १४.६ सम्मलाई सजिलै संक्रमण गर्न सक्ने जनाइएको छ । पेगासस सफ्टवेयरको बारेमा थप जानकारी पाउन यहाँ क्लिक गर्नुहोस् ।

एजेन्सीको सहयोगमा