कीवर्डहरू -

ट्याबलेट तथा ल्यापटपको रुपमा प्रयोग गर्न सकिने सर्फेस प्रो एट सार्वजनिक गर्दै माइक्रोसफ्ट

ट्याबलेट तथा ल्यापटपको रुपमा प्रयोग गर्न सकिने सर्फेस प्रो एट सार्वजनिक गर्दै माइक्रोसफ्ट

माईक्रोसफ्ट सर्फेस प्रो एटमा १२० हर्जको स्क्रीन र थण्डरबोल्ट पोर्ट हुने भएको छ । माईक्रोसफ्टको सर्फेस प्रो एट सेप्टेम्बर २२ को कार्यक्रममा सार्वजनिक हुने छ ।

स्याडो अन्डरस्कोर लिकले सर्फेस प्रो एट ट्याबलेट तथा ल्यापटपको केही फिचरहरु सार्वजनिक गरिदिएको छ ।

यसमा १३ इन्चको स्क्रीन रहेको हुनेछ । एक्स्टर्नल जीपीयूका लागि हेडरुम पनि उपलब्ध हुनेछ । डिभाईसमा एघारौँ जेनेरेसनको कोर प्रोसेसर प्रयोग गरिने छ । यसमा पनि सर्फेस ल्यापटप फोर जस्तै एसएसडीलाई प्रतिस्थापन गर्न सकिन्छ ।

सेप्टेम्बर २२ को कार्यक्रममा माईक्रोसफ्टले सर्फेस प्रो एटसँगै सर्फेस डुओ २, सर्फेस बुक, सर्फेस गो र सर्फेस प्रो एक्स पनि सार्वजनिक गर्नेछ तर ट्याबलेट तथा ल्यापटप दुवै भएकाले माईक्रोसफ्ट सर्फेस प्रो एटले बढि प्रयोगकर्ताहरुलाई आर्कषित गर्ने जनाइएको छ ।