कीवर्डहरू -

राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी  

राष्ट्रिय मानव अधिकार आयोगमा अनलाइनबाटै यसरी टिपाउनुहोस् उजुरी  

अब अनलाइनबाटै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सकिने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको मोबाइल एपबाट  अनलाइन उजुरी टिपाउन सकिने भएको हो ।

हाल आयोगको एप एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ । एपमा विभिन्न विशेषता छन् । मोबाइल एप १ हजार बढीले डाउनलोड गरेका छन्  मोबाइल एप नेपाली र अंग्रेजी दुबै भाषामा प्रयोग गर्न सकिन्छ ।

एपबाट लिखित तथा मौखिक रूपमा अनलाइन उजुरी टिपाउन सकिने, समाचार तथा कार्यक्रमहरूको जानकारी लिन सकिने, उजुरीको निर्णय र उजुरीको स्थिति हेर्न सकिने, भिडियो, तस्विर, प्रेस विज्ञप्ती, संगठनको जानकारी, कानून तथा नीतिहरूको बारेमा जानकारी पाउन सकिन्छ । साथै एपबाट उजुरी दर्ता फारम पनि डाउनलोड गर्न सकिन्छ ।

अनलाइनबाटै उजुरी दर्ता गर्न शुरूमा यहाँ क्लिक गरी एन्ड्रोइड एप डाउनलोड गर्नुहोस् । त्यसपछि उजुरी टिपाउनुहोस् सेक्सनमा क्लिक गर्नुहोस् । त्यहाँ उजुरी शीर्षक, विवरण, तपाईको नाम, ठेगाना, इमेल मोबाइल नम्बर राख्नुहोस् र फाइलहरू अपलोड गर्नुहोस् ।

त्यसपछि प्रमाणीकरणका लागि कोड पठाउनुहोसमा क्लिक गरेर कोड राखेर उजुरी गर्न सकिने छ । साथै उजुरी निर्णयहरू सेक्सनमा गएर आफ्नो उजुरीको स्थिति के छ भनेर थाहा पाउन पनि सकिन्छ ।