कीवर्डहरू -

प्राइभेसी नीति उल्लंघन गर्ने ८ लाख १३ हजार एप डिलिट

प्राइभेसी नीति उल्लंघन गर्ने ८ लाख १३ हजार एप डिलिट

एप्पलले प्राईभेसी नीति नमान्ने ५९ प्रतिशत बालबालिकाका एपहरु एप्पल स्टोरबाट हटाएको छ । गूगलले पनि प्राईभेसी नीति नमान्ने २५ प्रतिशत एप हटाएको छ ।

एप्पलमा ६० प्रतिशत डिलिट गरिएको एपहरु चीनका रहेका छ । त्यस्तै रुसको २५ प्रतिशत एपले गूगलको प्राईभेसी नीति नमानेको ठहर भएको छ । गूगलले हटाएका ६६ प्रतिशत एपहरुले कम्तिमा पनि एउटा खतरनाक स्वीकृति गराउन लगाएको पाईएको छ ।

२७ प्रतिशतले जीपीएसको पहुँच पाएका थिए भने १९ प्रतिशतले क्यामेरामा पहुँच पाएका थिए । सम्पूर्णमा ९ करोड भन्दा बढी डाउनलोड भएका ८ लाख १३ हजार एपहरु गूगल प्ले स्टोर र एप्पल एप स्टोरबाट हटाइएको छ ।

यी एप मध्ये ८६ प्रतिशतले १२ वर्ष र त्यो भन्दा मुनिको बालबालिकाहरुलाई लक्षित गरिरहेका थिए । ५० लाख भन्दा बढी एपहरुलाई मूल्याकंन गरेपछि उपभोक्ताको गोपनीयता र सुरक्षा र विज्ञापनदाताको ब्राण्ड सुरक्षा जोखिमा रहेको अनुसन्धामा पत्ता लागेको थियो ।

एप स्टोरबाट हटाईएको एपहरु पनि मोबाइलमा इन्स्टल गरिसकेको भएमा चलाउन सकिनेछ । यो अनुसन्धान पिक्सालेटको डेटा साइन्स र विश्लेषक टिमले गरेको हो । यो अनुसन्धान सन् २०२१ के जनवरी १ देखि जुन ३० सम्म चलेको थियो ।