कीवर्डहरू -

नेपाली बजारमा सामसङ ए ५२ एस फाइभजी सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा सामसङ ए ५२ एस फाइभजी सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा सामसङ ए ५२ एस फाइभजी सार्वजनिक भएको छ । सोमबार एक भर्चुअल कार्यक्रम आयोजना गर्दै कम्पनीले ए ५२ को सफलतापछि सामसङ ए ५२ एस फाइभजी नेपालमा सार्वजनिक गरेको हो ।

६.५ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको यस फोनमा क्वालकम स्न्यापड्रयागन ७७८ जी फाइभजी प्रोसेसर प्रयोग गरिएको छ ।

यसमा १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ । ६ जीबी र्‍याम र ८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यसमा एन्ड्रोइड ११ मा आधारित ३.१ वान युआई राखिएको छ ।

यसमा ४ वटा रियर क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी क्यामेरा, १२ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा, ५ मेगापिक्सेल म्याक्रो सेन्सर र ५ डेप्थ सेन्सर छन् । रियर क्यामेराले ३० एफपीएसमा फोरके भिडियो खिच्न सक्छ ।

फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । जसले ३० एफपीएसमा फोरके भिडियो खिच्न सक्छ । सामसाङ ए ५२ एस फाइभजीमा ४५०० एमएएच ब्याट्री राखिएको छ । जसले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।

यसमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट रहेको छ । ६ जीबी र्‍याम रहेको सामसङ ए ५२ एस फाइभजीको मूल्य ५३ हजार ९९९ रूपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम भएको फोनको मूल्य ५५ हजार ९९९ रूपैयाँ तोकिएको छ । दराजमा यो फोन प्रिबुकिङका लागि मंगलबारदेखि उपलब्ध हुनेछ ।