कीवर्डहरू -

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने

स्थानीय तहको मोबाइल एपबाटै अब कर तिर्न र करको विवरण हेर्न सकिने भएको छ । सूचना प्रविधि विभागले ७५३ स्थानीय तहका लागि एउटै टेम्पेलेटमा निर्माण गरेको मोबाइल एपमा अब कर तिर्ने र करको विवरण हेर्ने सुविधा थप भएको हो ।

हाल कर प्रणालीमा २१ वटा स्तानीय तह आवद्ध भएका छन् । हाल काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, धुलिखेल नगरपालिका, कीर्तिपुर नगरपालिका, गोदावरी नगरपालिका आवद्ध भएका छन् ।

त्यस्तै कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, गोकर्णेश्वर नगरपालिका, तिलोत्तमा नगरपालिका, नमोवुद्ध नगरपालिका, बेलौरी नगरपालिका, बर्दघाट नगरपालिका, बनेपा नगरपालिका, पुनर्वास नगरपालिका, धनगढीमाइ नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र छथर जोरपाटी गाउँपालिका पनि आवद्ध भएका छन् ।

यसरी करको विवरण हेर्ने तथा भुक्तानी गर्ने प्रायोजनका लागि सेवाग्राही/करदाताले सम्बन्धित स्थानीय तहबाट उपलब्ध गराएको प्रयोगकर्ता विवरण प्रयोग गर्नुपर्नेछ ।

आगामी दिनमा स्थानीय तहसँग सम्बन्धित विभिन्न करहरूको भुक्तानीका साथै अन्य सेवाहरू समेत थप गर्दै सबै स्थानीय तहलाई आवद्ध गराउँदै लग्ने विभागले जनाएको छ । यस मोबाइल एपको माध्यमले स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका रहने विभागले बताएको छ ।

स्थानीय तहको मोबाइल एपबाट नागरिकले सम्बन्धित स्थानीय तहले प्रदान गर्ने सेवा, कार्यक्रम तथा परियोजना, ऐन नियम, वडाहरूको विवरण, महत्वपूर्ण स्थान, आपतकालिन नम्बर, सुझाब तथा गुनासो पेस गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दोहोर संवाद लगायत अन्य सूचना तथा जानकारी सजिलै पाउन सक्छन् ।

विभागले तयार पारेको स्थानीय तहको एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।